काठमाडौँ – नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पालोअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गर्नुभएको छ ।
उहाँले आज निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो प्रतिक्रिया दिनुभएको हो । उहाँले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।