काठमाडौं – सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शननिबार भएको सत्ता गठबन्धनको बैठकले जेठभित्रै चुनाव गर्न तयार भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया