संखुवासभा – नेकपा एमाले संखुवासभाबाट दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् ।
आज बसेको जिल्ला कमिटि बैठकले १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको हो । संखुवासभाबाट जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे, प्रदेश सभा सदस्य तुलसी न्यौपाने, खादबारी नगर प्रमुख मुरारी खतिवडा, मादी नगर प्रमुख विदुर लिङ्थेप, वीरेन्द्र केसी, भविश्वर गुरूङ, भीम लिंखा र विपिन तामाङ खुल्ला तर्फबाट सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी महिला तर्फ पाचखपन नगर उप प्रमुख भीमादेवी राई, सभापोखरी गाउँपालिका उपप्रमुख सीता दाहाल, मनमाया तामाङ र रिता घिमिरे कटुवाल छन् भने दलित तर्फ खड्गबहादुर विश्वकर्मा चयन भएका छन् । ।