संखुवासभा – नेकपा (एमाले) संखुवासभा काठमाडौं सम्पर्क मञ्चद्धारा जील्लाका १० वटा पालीकालाई स्वास्थ्य सामग्री बितरण गरेको छ ।
संखुवासभा – काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष लक्ष्मी खड्का को पहलमा सम्पर्क मञ्चको सचिबालय सदस्यहरु गोबिन गुरुङ र सुशीला श्रेष्ठ, सदस्यहरु प्रकाश गौतम, बेजिङ शेर्पाले ने. क.पा. एमाले जिल्ला कमिटी संखुवासभाको रोहवरमा पत्रकार भेटघाट तथा स्वास्थ सामग्री वितरण कार्यक्रम गरि राष्ट्रिय युवा संघ नेपाल संखुवासभा लाई बुझाएको हो ।
१० वटा पालिकामा १५०० का दरले मास्क र ३ वटा आईसुलेसनलाई ५०/ ५० थान हेड क्याप र ५ /५ लिटर सेनिटाईजर बितरण गरेको छ ।
युथ हेल्पफुल हेन्ड्स संखुववासभाले विभिन्न नाकाहरुमा युवा संघको ब्यानर अङ्कित हेल्प डेस्क संचालन भइरहेको र फ्रन्ट लाइनमा खटिएका स्वास्थ तथा सुरक्षा कर्मचारीलाई स्वास्थ्य सामग्रीहरु पि.पि. सेट, थर्मल गन माक्स सेनिटाइजर ,ग्लोब्स ,प्रधान गरिएको राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका जिल्ला अध्यक्ष ध्रुव खड्का डिवानले जानकारी दिए ।