काठमाडौं – नेकपा (एमाले) संखुवासभा – काठमाडौं सम्पर्क मञ्चद्वारा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सम्पर्क मञ्चले पछिल्लो बिधान महाधिबेशन सम्बन्धी नेकपा एमाले जिल्ला पाटी नेतृत्व र संखुवासभा – काठमाडौं मञ्च बीचमा बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पाटी सचिब शंखर पोखरेलले बिधान महाधिबेशनले एक प्रकारको उर्जा प्रदान गरेको साथै एमाले पाटी राष्ट्र निर्माण गर्ने शक्ति हो भन्ने कुराको सन्देश दिन सफल भएको बताए । कार्यक्रमा उहाँले नेपालको कम्यूनिष्ट आन्दोलनमा नेपालको संसदीय राजनीतिमामा विधि र पद्धितिको उलंघन गर्ने नेताको रुपमा कसैको नाम इतिहासमा लेखेमा माधब कुमार नेपालको लेखिने पनि बताए । उनले भने ‘ माधब नेपालले बिधि र बिधानको कुरा गर्नु भो, तर उल्टै विधि र पद्धतिको उल्लंघन गरेर रेर्कड कायम गरे, त्यस अर्थमा उहाँहरुको विधि पद्धति भनेको चाही उहाँको आदर्श होइन रहेछ, देखावटी मात्र रहेछ भन्ने कुरा उहाँको व्यवहारले पुष्टि ग¥यो । ’
कार्यक्रमा पोलिटब्यूरो सदस्य पर्शुमेघी गुरुङ, प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, प्रदेस १ का आर्थिक मामिला तथा योजना मन्त्री तुलसी न्यौपाने, संखुवासभा जिल्ला अध्यक्ष जीत बहादर घिमिरे र सम्पर्क मञ्चकी अध्यक्ष लक्ष्मी खड्काले आफ्ना भनाइ राखेका दिए । सोही कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री तुलसी न्यौपाने र सम्पर्क मञ्चका पूर्व अध्यक्षद्वय महेश गौतम र कमल काफ्ले लगायत नेताहरुलाई सम्मानपत्र सहित सम्मानित गरियो । ।
फोटो – निर्मल सुब्बा आशीष