सोलुखुम्बु – करिब चार वर्ष अघि गाउँगाउँमा सिंहदरबारको नारा दिएर स्थापना भएको स्थानीय तहमा जनप्रनिनिधि आएपछि विकास र सरकारी सेवा प्रभावकारी हुने जनतामा आशा थियो । तर सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नं। १ मा जनताको त्यो आशा निराशामा परिणत भएको छ ।

आर्थिक बर्ष २०७७/२०७८ मा लिखुपिके गा। पा। वडा नं १मार्फत उक्त वडाका जनतालाई चिया खेतिमा अग्रसर गराउने उद्धेश्यले चिया खेती अध्ययन भ्रमणका लागी विनियोजित वजेट १ लाख ७० हजार रुपैंया सोही वडाका जनप्रतिनिधीले आफूखुसी पारीवारीक भ्रमण गरेरै सकाएका छन् ।

लिखुपिके गाउँपालिका वडा नं. १ मा चिया खेती अध्ययनका लागि छु्ट्याएको १ लाख ७० हजार वडाअध्यक्ष ङवाङ ल्हक्पा शेर्पा, सदस्यहरु मिङमार गेल्जे शेर्पा र लेन्डु शेर्पाको परिवारले लुम्बिनी र इलाम लगायतका ठाउँमा परिवारीक भ्रमणमा खर्च गरेका हुन् ।

केहीदिन अघि वडा अध्यक्षले सामाजिक संजालमार्फत विनियोजित बजेट अनुसार योजना सम्पन्न भएको जानकारी गरएका छन । तर विनियोजित बजेटमा कूषकहरुलाई कुनै जानकारी नगराइ जनप्रतिनिधीले आफनो श्रीमती र छोराको भ्रमण गरएको सोही वडाका स्थानिय पेम्बा शेर्पाको आरोप छ । स्थानीयहरुले कृषकका लागि छुट्याइएको बजेटमा वडाका जनप्रतिनिधीहरुले आफूखुसी पारिवारीक भ्रमणमा खर्च गरेको भन्दै आक्रोश पोखेका छन ।

नेताहरु सरकारी बजेट लिएर विदेश भ्रमण,उपचारखर्च गरेको त हामीले सुन्दैै र देख्दै आएको छौ । तर सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका जनप्रतिनिधीहरुले यसलाई प्रमाणित गरेका छन् ।

वडाध्यक्षले गाउँको विकास,समृद्धिका लागि विनियोजित बजेट मार्फत कृषकलाई उत्साहगर्न अध्ययन भ्रमणमा लैजानु पर्ने हो । तर उनीहरुले घरपरिवारकै सदस्यलाई मात्रलिएर घुमाए पछि अहिले वडाध्यक्ष र युवाहरुबीच सामाजिक सञ्चालमा वादप्रतिवाद चलेको छ ।

युवाहरुले फेसबुक लगायतका सामाजिक सञ्जालमा जनप्रतिनिधिको चर्को विरोध गरेका छन् । यस विषयमा वडाध्यक्ष ङवाङ ल्हक्पा शेर्पासँग कुराकानी गर्दा उनले १ लाख ७० हजारले पनि नपुगेर साढे २ लाख खर्च भएको बताए । उनले घरपरिवारका सदस्यलाई लिएर गएको भएपनि तीन जना कृषकलाई लिएको दाबी गरे । जम्मा ९ जना घुम्न गएको मध्ये तीन जना कृषक र अरु परिवारका सदस्य रहेको वडाध्यक्ष पनि स्वीकार्छन ।

तर उनले लुम्बिनी पुगेर खिचिएको फोटोमा भने कोही पनि कृषक भ्रमणमा गएको देखिदैन । बरु वडा सदस्य मिङमर गेल्जे शेर्पाले ओखलढुङगा निवासी आफ्नी सालीलाई भ्रमणमा सहभागि बनाएका थिए । एकजना स्थानीय युवा पनि सहभागि छन्, जसको यो भ्रमणमा कुनै साइनो छैन । उनी पनि वडाध्यक्षकै भतिज रहेको स्थानीयहरु बताउँछन् । यद्यपी उनीहरुले महिला र दलित वडा सदस्यलाई भने छुटाएका छन् ।

यसको जवाफमा वडाध्यक्ष शेर्पाले आफु जनप्रतिनिधि भएपछि परिवार पनि घुमाउन पाउनु ठोकुवा गरे ।

यसबाहेक वडाध्यक्षले एकबर्ष पहिला निर्माण गर्नु पर्ने वडा कार्यालय समेत निर्माण नगरेको भन्दै विरोध हुँदै आएको छ । शुरुवात देखि नै आफ्नै घरमा वडा कार्यालय राखेका वडाध्यक्षले जग्गा नपाएको भन्दै पायक नपर्ने ठाउँमा भवन निर्माण गर्ने तयारी थालेका छन् । स्थानीयहरुले सबैको पायक पर्ने ठाउँमा वडा कार्यालय राख्न माग गरे पनि वडाध्यक्षले जग्गा नपुगेको भन्दै अन्तै सारेको स्थानीयको आरोप छ ।

एक स्थानीयले बताए अनुसार, वडाअध्यक्षले आवश्यक प्रक्रियानपुु¥याइ आफ्ना नजिकका आफन्तलाई वडा कार्यालय र स्वास्थ्य सेवा कर्मचारी नियुक्त गरेका छन् । त्यति मात्र नभएर विकास निर्माणका योजनाहरुमा पनि आफ्नै परिवारका सदस्यहरु उपभोक्ता समितिमा राख्ने गरेका छन् ।

अर्का एक स्थानीयका अनुसार वडा कार्यालयले गाउँमा हुुने अनावश्यक होहल्ला तथा जाँड,रक्सी, जुुवा, तास जस्ता सामाजिक विकृती को न्युनिकरणमा जोड दिनुुको सट्टा लकडाउनको समयमा गाउँकायुवाहरु जम्माभई जाडँरक्सी सेवन गरी होहल्ला गर्ने, जुुवा, तास खेल्ने अखडा वडा कार्यालय बनेको र उक्तकार्यमा वडा अध्यक्ष स्वयं संलग्नभई विकृतिको प्रोत्साहन गरेको आरोप लगाएका छन ।

वडाध्यक्षले वडाका महिला सदस्य,दलित सदस्य तथा अन्य जनप्रतिनिधीको कुुरालाइ वेवास्ता गरी आफूखुसी निर्णय तथा योजना कार्यान्वयन गर्दै आएको गुनासो पनि छ ।

तपाईको प्रतिक्रिया