काठमाडौं – याक्थुङ मुन चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ) को चौंथो महाधिवेशन आगामी २९ र ३० कार्तिकमा ललितपुरस्थित चुम्लुङहिममा हुने भएको छ । सयङको शुक्रबार राजधानीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङको संयोजकत्वमा लोकेन साँवा र लक्ष्मी योङ्हाङ सदस्य रहेको विधान मस्यौदा समिति गठन गरेको छ । त्यसैगरी कोषाध्यक्ष राजशुक्र लिम्बुको संयोजकत्वमा कृष्णराज नेम्बाङ, मनु लिम्बू, हाङ चेम्जोङ र पुष्पा तिलिङ मादेन सदस्य रहेको आर्थिक उपसमिति गठन गरेको छ ।
त्यस्तै आदिवासी जनजाति चलचित्र महासंघमा दिनेश लिङ्देन र रुपा आङ्बुहाङलाई प्रतिनिधि र पर्ययवेक्षकमा लक्ष्मी योङ्हाङ र बिबि लिम्बुलाई सिफारिस गर्ने पनि बैठकले निर्णय गरेको छ ।
महासचिव वनेम बिक्रम फागोको संयोजकत्वमा सन्देश सुब्बा, सैलेन्द्र थेबे, डिआर हाङ्सरुम्बा र रुपा आङ्बुहाङ सदस्य रहेको संस्थाको स्मारिका प्रकाशन समिति समेत गठन भएको छ ।