काठमाडौं – संघीय संसदअन्तर्गत् राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची पनि छ ।