सुजन तामाङ्ग (लोपेन), रसुवा
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका धुन्चेमा रहेको सक्षम सोसाइटी नेपालद्वारा धेरै सामाजिक कामहरू गर्दै आइरहेको छ। यसै क्रममा यसपाली गाउँ गाउँमा गई निशुल्क दन्त शिविर सञ्चालन गर्ने सोच लिई गोसाईकण्ड गा.पा. को १,२ र ३ वडा (वृदिम, टिमुरे र थुमन्) मा गई निशुल्क दन्त शिविर सञ्चालन गरिएको छ।
उक्त शिविरबाट ८४० जनाले सेवा लिएको थियो साथै पर्यटनको लागि तामाङ हेरिटेज ट्रेल को लागि पद मार्ग प्रवर्दन र सरसफाई कार्यक्रम पनि गरिएको थियो । यस शिविर सञ्चालनमा सह–आयोजकको भूमिका ह्योल्मो हेल्पिङ ह्याण्डस नेपालले गरेको थियो भने मुख्य सहयोगी गोसाईकुण्ड गा.पा. को थियो र काठमाडौं मोडेल अस्पताल स्कूल ओलार हेल्पको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।
यस शिविरमा गाउँबाट टाढा जान नसक्ने र दाँत सम्बन्धी पीडा भएकोहरुलाई लक्षित गरेर सञ्चालन गरिएको थियो । उक्त शिविर पस्चात आयोजक प्रति गाउँलेहरु खुसी भाई अभार व्यक्त गरेका थिए ।