काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो ।
जसअनुसार प्रदेश १ को इन्चार्ज राम कार्कीलाई बनाएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेल चयन भएका छन् ।