काठमाडौं – नेकपा एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोप पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो। पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
सोही उजुरीको आधारमा सासद बानियाँविरूद्ध फागुन ४ गते जिल्ला अदालत बाँकेले पक्राउ पक्राउ पुर्जी जारी गरेको थियो ।बलात्कार आरोपित सांसद बानियाँ फरार थिए ।