काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्राप्त भएको छ । उनले आज प्रतिनिधि सभामा विश्वासको मत दिनका लागि गरेको प्रस्तावको पक्षमा बहुमत पुगेको हो । प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका थिए । १६५ मत सहित प्रधानमन्त्री शेर बहादुर देउवाले विस्वासको मत पाएका हुन् ।

नेकपा एमालेको केपी शर्मा ओली पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । एमालेकै माधव नेपाल पक्षीय केही सांसदहरुले मतदानमा भाग लिएनन् । विश्वासको मत लिने क्रममा अन्तिम समयमा माधव नेपाल पक्षका अधिकांश प्रत्यक्ष निर्वाचित सांसदले कतै पनि मतदान नगर्ने भनी संसद भवन छाडेका थिए ।

तपाईको प्रतिक्रिया