काठमाडौं – प्रधानमन्त्री पुष्यपकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षीको नाराबाजीबीच चौथो पटक विश्वासको मत पाएका छन् । आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौंथो पटक विश्वासको मत पाएका हुन् ।

कांग्रेस सांसदले सहकारी विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै विरोध गर्दै आएका छन् । प्रधानमन्त्रीको प्रस्तावमा तटस्थ मत १ परेको छ । संसद बैठकमा १५८ जना सांसदको उपस्थिति रहेको थियो ।

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि पुस २६ गते, चैत ६ गते र फागुन ३० गते विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डको पक्षमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत, नागरिक उन्मुक्ति पार्टी, जसपालगायतले मत दिए ।

त्यसैगरी विश्वासको मतको विपक्षमा नेपाली कांग्रेस, राप्रपा, जसपा, लोसपालगायत दल उभिए । तर उहाँहरूले मतदान गर्नुभएन ।

तपाईको प्रतिक्रिया