काठमाडाैं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँडले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् भने कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन्।
माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेकी छन्। नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराए ।