काठमाडौं : सरकारले कोरोना उपचारको शुल्क तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ।
केही अस्पतालले चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर संकटको बेलामा सहयोगी भावनाले काम गर्नुपर्नेमा दुःख दिने, समस्या बढाउने र बढी शुल्क लिनेहरूलाई कारबाहीको चेतावनी दिएको हो ।