काठमाडौं – काठमाडौंस्थित टेकु अस्पतालले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले एक सुचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको – ‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ’

तपाईको प्रतिक्रिया