काठमाडौं – चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । खोप नेपाल वायु सेवा निगमको एअर बस ३३० जहाजमार्फत काठमाडौँ आइपुगेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

सोही प्रतिवद्धता अन्तर्गतको ८ लाख डोज खोप ल्याइएको छ भने बाँकी खोप तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय लाइन्सले निस्शुल्क नेपाल ल्याइदिने भएको छ।

तपाईको प्रतिक्रिया