काठमाडौं – गायन समाज ताप्लेजुङ – काठमाडौंको अध्यक्षमा दिपक लिम्बू निर्बाचित भएका छन् । काठमाडौमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पहिलो नेपाली तारा बिजेता गायक दिपक लिम्बुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षहरुमा आशीष भट्टराई, मोहन मादेन, सुसन साम्शोहाङ र तारा थेवे, महासचिवमा मेघराज मगराती, सचिवमा कन्चन थलङ, कोषाध्यक्षमा जशोदा सुब्बा, सहकोषाध्यक्षमा रुकमान लिम्बु निर्बाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा भीम लिम्बु, सुस्मा लिम्बु, पदम राई, रन्जिता सावदेन, राजन पालुङवा, विना भट्टराई, अनिल खड्का र निर्मल सुब्बा ‘आशीष’ निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अथिति सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोककुमार राई, वरिष्ठ चलचित्र निर्देशक नविन सुब्बा र वरिष्ठ गायक जसध्वज गुरुङले उनलाई सम्मानीत गरेका थिए ।

तपाईको प्रतिक्रिया