काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटवार्तामा प्रमुख राईले धरानको खानेपानी सुधारका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

उनले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि धरानको खानेपानी सुधारका लागि बजेट विनियोजनको मागसहितको औपचारिक पत्र बुझाएका छन् ।

मागलाई गम्भीरतापूर्वक लिएको जानकारी दिँदै मन्त्री यादवले आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया