काठमाडौं – महानगरपालिकाले कोभिड – १९ संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ।
कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना सङ्क्रण देखिए एक साताका लागि बन्द गर्नसक्ने निणय गरेको छ । यसरी बन्द गरिएका विद्यालयमा वैकल्पिक मध्ययमबाट सिक्षण सिकाइ गर्न गराउन पनि कामपाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
कामपामा हाल ९१ सामुदायिक र ६४५ वटा संस्थागत गरी ७३६ विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययन छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।