काठमाडौं – कृष्ण भक्त राई र हेमुस्मृति चोङ्बाङको स्वरमा रहेको पुर्वेली लोक गीत ‘तरेबा ज्यु ए’ गीतको भिडियो सार्वजनिक भएका छन् ।
एस. पि. निङ्लेकुको शब्दलाई मनोज साङसोन राईले संगीत र संगीत संयोजन गरेका हुन् । सुरेश राईले रेकर्डिङ अनि राजु कार्कीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
भिडियोमा जे. पि. नेम्बाङ र हेमुस्मृति चोङ्बाङको अभिनय रहेको छ । साथमा कोरस नृत्य Teenz Crew Dance Center Dhankuta, किरात याक्थुङ चुम्लुङ धनकुटाको रहेको छ ।
दिनेश माङ्मुले निर्देशन गरेको भिडियोलाई शिर कुमार साङ्पाङले छायांकन र सन्जय निङ्लेकुले सम्पादन गरेका हुन् ।
भिडियो…