काठमाडौं – नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा.शिवशरण महर्जनको उम्मेदवारी दर्ता गराएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि माओवादी केन्द्रबाट महर्जनले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

माओवादीले कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा नारायण विष्टको उम्मेदवारी दर्ता गराएको छ। वडा नम्बर १ मा भने जसपाका सरल गोपाल महर्जनलाई समर्थन गरेको छ ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा। सुरेन्द्र मानन्धर, राप्रपाका ध्रुव महर्जन र नेसपाबाट दिलकुमार महर्जनले उम्मेदवार दर्ता गराइसकेका छन्। एकीकृत समाजवादीले आफूले उम्मेदवारी नदिने भएको छ। उक्त दलले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको छ ।

तपाईको प्रतिक्रिया