काठमाडौं – नेकपा (एमाले) संखुवासभा – काठमाडौं सम्पर्क मञ्चको आयोजनामा आज अनामनगर स्थित तमु सेवा भवनमा शुभकामना आदान – प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

२०७८ सालको विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको सन्दर्भमा शुभकामना कार्यक्रमको आयोजना गरिएको हो ।

नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं संखुवासभाका प्रतिनिधिसभा सदस्य माननिय राजेन्द्र गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर लिएर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फरफराएका पासाङ शेर्पा साथै सगरमाथा आरोही ज्याम्जाङ भोटे र मनदीप कोरंगी लाई सम्मान गरेका थिए ।

सांसद गौतमले माधब नेपालले पार्टीको विधि र शासन अनुरुप नचली बिखण्डनकारी र अराजकता सिर्जना गरेको बताउनु भयो । उनले भने ‘नेकपा (एमाले)लाई केही चोटपटक लागेको र घाइते जस्तो भएको छ , त्यसलाई मलमपट्टी लगाएर बिधान महाधिबेशनबाट हाम्रो राजनीति, हाम्रो कर्यदिशा अगाडी बढाउने गरी उद्धघोष र संकल्प सहित हामी अगाडी बढ्नेछौँ । ’

मन्तब्यकै क्रममा अर्का केन्द्रिय सदस्य पासाङ शेर्पाले बिगतमा पनि एमालेको फुटको प्रसंग जोड्दै माधब नेपालले पद तथा कुर्सी नपाएर पाटी फुटाएको बताए । माधब नेपालको (एस) ले पाटीले एस पनि नगर्ने र नो पनि नगर्ने दाबी गरे । कार्यक्रममा प्रदेश सम्पर्क कमीटी अध्यक्ष इन्द्र भण्डारी र सम्पर्क मञ्चका पूर्व अध्यक्ष महेश चन्द्र गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।

मञ्चका अध्यक्ष लक्ष्मी खड्काले पाटीका चुनौतिपूर्ण अवस्थामा अग्रणी भूमिका खेल्ने र संगठन बिस्तार गर्दै मञ्चलाई र पाटीलाई अझ दरिलो र शक्तीशाली बनाएर अगाडी बढ्ने बताइन् ।

तपाईको प्रतिक्रिया