काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ खेलाएको अरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् ।
उनीहरूलाई सोमबारको खेलमा बेटिङ गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबारको खेलमा बेटिङ गराएको आरोपमा अरू दुईजनालाई पक्राउ गरिएको सीआईबीका प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए । उनीहरूलाई कीर्तिपुरस्थित त्रिवि खेल मैदानबाटै पक्राउ गरिएको हो। उनीहरूविरुद्ध आज मुद्दा चलाउने तयारी गरिएको उनले बताए ।