काठमाडौं – केयरगिभरका लागि इजरायलमा नेपाली कामदार पठाउनका लागि नेपाल सरकार र इजरायल सरकारबीच द्विपक्षीय सम्झौता भएको छ। यसका लागि सरकारले प्रक्रिया अगाडि बढाइसकेको छ। आवेदन खुल्ला गरिएको छ। यही मौका पारेर इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोह पनि सक्रिय भएका छन्।
महानिर्देशक घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कामदार पठाउनको लागि वैदेशिक रोजगार विभागले जी टू जी प्रक्रिया अपनाएको छ। यही प्रक्रियामार्फत नै निष्पक्ष र पारदर्शी तरिकाले कामदार छनोट हुने नै छ। यही क्रममा इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय रहेको पाइएको छ। वैदेशिक रोजगार विभागमा विभिन्न गिरोहले पैसा उठाउँदै हिँडेको भन्ने सूचना आएको बताउँदै महानिर्देशक घिमिरेले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। इजरायलमा कामदार पठाउने भन्दै प्रलोभनमा पारी अनधिकृत रूपमा रकम असुली गर्ने व्यक्ति तथा संस्थाहरूलाई कानुनी कारबाही हुनेछ। आजको अन्नपूर्णपोष्टमा समाचार छ ।