वासिंगटन डिसी – अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको छ । हालै हङकङमा पारित भएको एक बिधेयकको बिषयलाइ लिएर अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको हो । अमेरिकाका अनुसार सो कानुनले जनताको ‘मानवअधिकार र स्वतन्त्रता’ को हनन् गर्ने काम गरेको छ ।
अमेरिकाले हङकङका अधिकारीहरूले गरेको ‘क्र्याक डाउन’ मा देशद्रोह, जासुसी र अन्य अपराधहरूलाई लक्षित गर्ने नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि यो कदम चालेको हो । संयुक्त राज्य अमेरिकाका अनुसार सो नयाँ राष्ट्रिय सुरक्षा नीति बनाउन संलग्न ती अधिकारीहरूले ‘अधिकार र स्वतन्त्रता’ नदिने खोज्ने जिम्मेवार अधिकारीहरूलाई नयाँ भिसा प्रतिबन्ध लगाउनेछ ।
अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भने, ‘यो कानून हङकङभित्र असहमतिलाई दबाउन र विदेशमा कार्यकर्ताहरूलाई धम्की दिने चीनको अभियानलाई अगाडि बढाउन प्रयोग गर्ने देखिएको छ ।’ जसका कारण हङकङका धेरै अधिकारीहरूलाई अधिकार र स्वतन्त्रता दिन नखोजको कारणको जिम्मेवार रहेको ठहर गर्दै नयाँ भिसा प्रतिबन्ध लगाउने कदम चालिरहेको छौं, ब्लिन्केनले भने । बेलायतले १९९७ मा सो शहर चीनलाइ हस्तान्तरण गरेको थियो, त्यसपछि सो क्षेत्र चीन शाषित क्षेत्रको रूपमा रहँदै आएको छ ।