मेष

उद्योग र व्यापारमा फाइदा हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। नयाँ व्यवसाय थालनी हुनेछ। मनोरञ्जनको समय छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। साँझतिर विवादास्पद जिम्मेवारी आउन सक्छन्।

बृष

तपाईको लागि यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । तपाईको बोली र वाणीमा निकै प्रभाव पर्ने देखिन्छ ।

मिथुन

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। साँझतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।

कर्कट

केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

सिंह

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कन्या

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

तुला

साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। हतारमा निर्णय नलिनुहोला। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।

बृश्चिक

खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

धनु

अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्।

मकर

आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

कुम्भ

आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। साँझतिर बौद्धिक कलाको प्रभाव बढ्नेछ।

मीन

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। साँझतिर आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

तपाईको प्रतिक्रिया