स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तय गरेसँगै प्रमुख विद्यार्थी सङ्गठन शैक्षिक मुद्दामा केन्द्रित हुन थालेका छन् ।
मातृ पार्टीका राजनीतिक मुद्दा र गुट उपगुटमा अलमलिएका विद्यार्थी सङ्गठनले निर्वाचनको तयारीले शिक्षाका मुद्दामा ध्यान दिन थालेका हुन् । युग चेतनाका संवाहकका रुपमा लिइने विद्यार्थी र युवा पुस्तामा राजनीति...