‘प्रदेश सहयोग कार्यक्रम’ प्रदेशको क्षमता अभिवृद्धि हुने
नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच प्रदेश नं १ मा ‘प्रदेश सहयोग कार्यक्रम’ अन्तर्गत प्राप्त हुने रु एक अर्बले प्रदेश सरकारलाई समतामूलक विकास अघि बढाउन तथा सार्वजनिक सेवा प्रवाह गर्न सहयोग पुग्ने भएको छ । चार वर्षका लागि सञ्चालन हुने सो परियोजनामा प्रदेश सरकारले रु २० करोड थप्ने भएको छ ।
परियोजनाको कूल रकम रु एक अर्ब २० करोड हुने प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिनुभय...