‘सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्छ ’
लमजुङ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले तामाङ समुदायको सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल तामाङ घेदुङ चिती एकाइले आज तामाङ जातिको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५६औँ मुसा वर्ग (जिवा ल्हो) को पूर्वसन्ध्यामा आयोजना गरेको सोनाम ल्होछार उत्सवमा उहाँले बहुभाषा, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको पहिचान जोगाउनुपर्नेमा ...