प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ – प्रम ओली
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का अध्यक्ष केपी शर्मा ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताउनुभएको छ । नेकपा वाग्मती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनले नै सबै विषयको फैसला गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनतालाई अहिले अस्थिरता होइन चुनाव चाहिएको छ । त्यसैले देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ कसको सरकार बन्...