महासचिव चन्द नवलपुरबाट सार्वजनिक

महासचिव चन्द नवलपुरबाट सार्वजनिक
नवलपु - सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उहाँ आज बिहान सार्वजनिक हुनुभएको हो । विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उहाँ भूमिगत अवस्थामा हुनुहुन्थ्यो । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल ...

सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल

सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल
स्याङ्जा - कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको बताउनुभएको छ । बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप (वडास्तरीय पुरुष तथा महिला भलिबल कप) एवं वडा नं ६ स्थित भुवनघाट पक्की पुलको बिहीबार उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । नेपाली जनताको सङ्घर्षबाट स्थापना भएको वर्तमान सरकारले सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्ल...

सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी

सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी
झापा - नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै विसं २०२८ मा युवा कम्युनिष्टहरुले झापाको ग्रामीण क्षेत्रबाट शुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को सङ्ज्ञा दिएका छन् । झापा विद्रोहमा लागेर चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत...

चन्द समूहमाथिको प्रतिबन्ध हट्यो

चन्द समूहमाथिको प्रतिबन्ध हट्यो
काठमाडौं - सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । सरकार र सो समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रतिबन्ध हटाइएको हो ।बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारका तर्फबाट वार्ता टोलीलाई धन्यवाद दिइएको जानकारी...

सुनकोसी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास अब मुलुक पछाडि फर्कदैन : प्रधानमन्त्री ओली

सुनकोसी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास अब मुलुक पछाडि फर्कदैन : प्रधानमन्त्री ओली
सिन्धुली - प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिमा अगाडि बढ्ने भएकाले पछाडि फर्कने स्थिति नरहेको बताउनुभएको छ । आज सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिन नदी तटमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशामा अघि बढेको कुरामा ढुक्क हुन जनतासँग आग्रह गर्नुभयो । “यो आयोजना सम्पन्न भएसँगै एक लाख ८५ हजार बिघा जग्गामा सिँ...

अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने : नेता थापा

अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने : नेता थापा
महोत्तरी - नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताउनुभएको हो । अब नेकपाभित्रको खिचलोमा खेलेर सरकारमा जान सट्टा प्र...

सरकार आगलागी पीडितको साथमा छ : मुख्यमन्त्री राई

सरकार आगलागी पीडितको साथमा छ : मुख्यमन्त्री राई
ताप्लेजुङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ताप्लेजुङको दोभानका आगलागी पीडितको पुनःस्थापनामा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । आगलागी क्षेत्रको आज अवलोकन तथा निरीक्षणपछि राहत वितरण कार्यक्रममा उहाँले तीनवटै तहका सरकार पीडित परिवारको साथमा नै रहेकाले ढुक्क हुन आग्रह गर्नुभयो । आगलागीले घरसहितका सम्पत्ति गुमाएका परिवार र डेरा गरी बसोबास गरेका परिवारको पुनःस्थापना तथा दिर्घकाली...

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छः डा महत

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छः डा महत
चितवन - नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।” फरक प्रसङ्गमा उहाँले प्रतिनिधिसभा...

कांग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

कांग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल
चितवन - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताउनुभयो ।वरिष्ठ नेता पौडेलले भन्नुभयो, “कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्य...

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रम ओली

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रम ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना व्यवस्थापनको रजत महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कोषले व्यवस्थापनको जिम्मा लिएपछि चिडियाखानामा सुधार आएकोसमेत बताउनुभयो । चिडियाखानामा व...