पार्टी सभापतिभन्दा अरु पदमा उम्मेदवारी दिन्न : शेखर कोइराला

पार्टी सभापतिभन्दा अरु पदमा उम्मेदवारी दिन्न : शेखर कोइराला
खोटाङ - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताउनुभएको छ । नेपाल प्रेस युनियन खोटाङले आज त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीको सभापति पदमा आफूले उम्मेदवारी दिनेबारे समर्थक र नेताहरुसँग छलफल भइरहेको जानकारी दिनुभयो । नेता कोइरालाले अहिले नेपाली क...

चैत ४ गते कार्यकर्ता भेला गर्छौ : रावल

चैत ४ गते कार्यकर्ता भेला गर्छौ : रावल
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गरेको छ । सो समूहको आज यहा सम्पन्न केन्द्रीय कमिटी सदस्य र सांसदको बैठकले भेला आयोजना गर्ने निर्णय गरेको एमालेका नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, सङ्घीय र प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिक...

केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि र विकास भयो भन्न नसकिने : अध्यक्ष दाहाल

केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि र विकास भयो भन्न नसकिने : अध्यक्ष दाहाल
काठमाडौं - नेपालले कस्तो विकासको ढाँचा अपनाउने र त्यसलाई कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यसहित लेखक प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’ नामक पुस्तक सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एक समारोहका बीचमा उक्त पुस्तक सार्वजनिक गर्नुभयो । सो अवसरमा अध्यक्ष दाहालले गतिशिल र सिर्जनशील लेखकको रुपमा परिचित प्रकाशको दुवै पुस्कृत आफैँ...

कोरोनाले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानमा सरकारको प्राथमिकता : मन्त्री ढकाल

कोरोनाले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानमा सरकारको प्राथमिकता : मन्त्री ढकाल
कर्णाली - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानसम्बन्धी योजनालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज तेस्रो राष्ट्रिय होमस्टे ९घरबास० कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सरोकारवालाको सहभागितामा पर्यटन पुनरुत्थानसम्बन्धी कार्ययोजना निर्माण भइरहेको बताउनुभयो । “कोरोनाबाट थिलोथिलो बनेको पर्...

प्रजातन्त्र स्थायित्वका लागि महिला सहभागिताले सहयोग गर्ने : सभापति देउवा

प्रजातन्त्र स्थायित्वका लागि महिला सहभागिताले सहयोग गर्ने : सभापति देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि कसैले पनि आक्रमण गर्न नसक्ने गरी स्थापित गर्न महिलाको सहभागिताले सहयोग गर्ने बताउनुभएको छ । पार्टीको महिला विभागले आज केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको दुई दिने वाग्मती प्रदेशस्तरीय भेला एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले एकदलीय सर्वसत्तावाद लाद्न चाहने दलहरुले महिलाको हित नगर्ने बता...

उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न मुख्यमन्त्री गुरुङको आग्रह

उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न मुख्यमन्त्री गुरुङको आग्रह
लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी चैत २ गते हुन लागेको ‘एन्फा प्रेसिडेन्ट कप’मा उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै लमजुङस्थित त्रिवेणी क्लबले सो खेलका लागि सहभागिता जनाउनका त्रिवेणी क्लबले आयोजना गरेको ‘एन्फा प्रेसिडेन्ट कप–२०७७’ को पत्रकार सम्मेलन तथा खेलाडीलाई शुभकामना तथा बिदाइ कार्यक्रममा आज खेलाडीलाई विजयको ...

राजनीतिक स्थायित्वका लागि निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्छ : अध्यक्ष थापा

राजनीतिक स्थायित्वका लागि निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्छ : अध्यक्ष थापा
मकवानपुर - राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सङ्घीय सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्र्ने आवश्यकता औल्याउनुभएको छ । शनिबार यहाँ आयोजित राप्रपा हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर परिषद् भेलामा उहाँले मुलुकमा अहिले नयाँ सोच र चिन्तनका साथ राजनीतिक स्थायित्वका लागि सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यता...

अध्यक्षले विधान मिच्नुभयो : रावल

अध्यक्षले विधान मिच्नुभयो : रावल
काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँल...

एमालेमा जिम्मेवारी हेरफेर

एमालेमा जिम्मेवारी हेरफेर
काठमाडौं - नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो । नेकपा (माओवादी केन्द्र)बाट आउनुभएका गृहमन्त्री रामबहादुर थापा , लेखराज भट्ट र प्रमु साहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । थापालाई वाक्ष्मती प्रदेशका इन्चार...

कांग्रेस र जसपाबीच छलफल

कांग्रेस र जसपाबीच छलफल
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलमा समसामयिक राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणलगायत विषयमा छलफल भएको बताइको छ । भेटमा जसपाका नेताहरुले आफ्ना कार्यसूचि बारेमा कांग्रेसलाई जानकारी गराउनुभएको थियो । ...