प्रधानमन्त्रीको परिकल्पनाले मुलुक अघि बढेको छ : मुख्यमन्त्री पोखरेल

प्रधानमन्त्रीको परिकल्पनाले मुलुक अघि बढेको छ : मुख्यमन्त्री पोखरेल
परासी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका परिकल्पना र योजनाले तराई मधेस समृद्धितर्फ अघि बढीरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को छैँठौँ बैठक तथा शपथ ग्रहण समारोहलाई आज बर्दघाटमा सम्बोधन गर्दै उहाँले तराईको विकासमा वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । नेकपा (एमाले) का स्थायी कमिटी स...

कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं - दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको आज अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति ८।२४ बजे नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन हुनुभएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरिरमा स्व जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिनुभएको थियो । अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलिका लागि उहाँको नीजी निवास...

आफू सदैव पार्टी एकताको पक्षमा : वरिष्ठ नेता खनाल

आफू सदैव पार्टी एकताको पक्षमा : वरिष्ठ नेता खनाल
काठमाडौं - नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफू सदैव पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको आयोजित भेलालाई सम्बोधन गर्दै नेता खनालले एकताको पक्षमा आफूहरु निरन्तर प्रयासरत रहेको भन्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाउनुभयो । भेलामा सहभागि अर्का वरिष्ठ नेता माधवकुमार नेपालले वैधानिकतामा टेकेर वैधानिक वैठक बोलाउन ...

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म पार्टीको केन्द्रीय...

वडाध्यक्षको मृत्यु

वडाध्यक्षको मृत्यु
महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो । “घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो”, जिल्ला ...

कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई

कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई
खोटाङ - प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लाग्नुभएका मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध ...

एमाले संसदीय दल बैठक : एकताबद्ध र प्रभावकारी भूमिका खेल्ने निर्णय

एमाले संसदीय दल बैठक : एकताबद्ध र प्रभावकारी भूमिका खेल्ने निर्णय
काठमाडौं - नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले संसद्मा पार्टीको भूमिकालाई एकताबद्ध र प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आशन्न बजेट तर्जुमाका क्रममा सांसदहरुका सुझाव र प्रस्तावित योजनालाई विधिसम्मतरुपमा प्रस्तुत गर्न आग्रह गरिएको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसदहरुलाई उक्त आग्रह गर्नुभएको थियो । आजको बैठकमा गत बैठकमा अनुपस्थ...

रहेनन काँग्रेस नेता जोशी

रहेनन काँग्रेस नेता जोशी
काठमाडौं - नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचारारत हुनुहुन्थ्यो । पूर्व उद्योग मन्त्रीसमेत रहनु भएका नेता जोशी ...

मेहनतले मेलम्ची सफल भयो : पूर्वमन्त्री मगर

मेहनतले मेलम्ची सफल भयो : पूर्वमन्त्री मगर
काठमाडौं - पूर्व खानेपानीमन्त्री बीना मगरले आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिका निमन्त्रणामा सुन्दरीजल पुग्नुभएकी उहाँले उक्त प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको हो । सो अवसरमा उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, “हाम्रो अथक मेहनत र योजनामुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो । उपत्यक...

नेपालसहित नेताको स्पष्टिकरणको जवाफ

नेपालसहित नेताको स्पष्टिकरणको जवाफ
काठमाडौं - नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुभएको छ । एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ आज दिनुभएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै उहाँहरू...