चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना सङ्क्रमण

चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना सङ्क्रमण
काठमाडौं – चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ। नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। जनताको सेवामा दिनरात खटिँदा खटिँदै नगरप्रमुख गिरी सङ्क्रमित भएको बताइएको छ। उनी अहिले होम आइसोलेशनमा छन्। काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रा...

जुनसुकै देशबाट भए पनि प्रभावकारी खोप ल्याउन प्रधानमन्त्रीको निर्देशन

जुनसुकै देशबाट भए पनि प्रभावकारी खोप ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिनुभएको छ ।कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘खोप ल्याउन सकियो भने कोभिडविरुद...

मैले किनेको सामान विदेशी अनुदान होइन – वनमन्त्री आले

मैले किनेको सामान विदेशी अनुदान होइन – वनमन्त्री आले
काठमाडौं - वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गर्नुभएको छ । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलाम...

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । परराष...

माओवादीको निर्णयः सातै प्रदेशमा अक्सिजन प्लान्ट, खोपका लागि कुटनीतिक पहल

माओवादीको निर्णयः सातै प्रदेशमा अक्सिजन प्लान्ट, खोपका लागि कुटनीतिक पहल
काठमाडौं - नेकपा(माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको हो ।        कोरोना नियन्त्रणको लागि माओवादी केन्द्रको स्थायी समितिले पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव ...

नेता नेपालसहित ११ जनालाई निष्कासन, थप १२ जनालाई स्पष्टीकरण

नेता नेपालसहित ११ जनालाई निष्कासन, थप १२ जनालाई स्पष्टीकरण
काठमाडौं - सत्तारुढ नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन दलीय प्रणाली विपरीत हस्ताक्षर गरेकामा सोधिएको स्पष्टीकरण...

१४६ निवर्तमान सांसदबाट सर्वोच्च अदालतमा रिट निवेदन

१४६ निवर्तमान सांसदबाट सर्वोच्च अदालतमा रिट निवेदन
काठमाडौं - प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै आज निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको छ । कांग्रेस सभापति देउवा, नेपाल (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर...

सचेतक चौधरीले फिर्ता गरिन् संसद् सचिवालयलाई गाडी

सचेतक चौधरीले फिर्ता गरिन् संसद् सचिवालयलाई गाडी
काठमाडौं - प्रतिनिधिसभा विघटन भएसँगै सत्तारुढ एमालेकी सचेतक शान्ता चौधरीले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छिन् । प्रतिनिधिसभा विघटन भएपछि राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता दिएको चौधरीले प्रतिक्रिया दिइन्। उनले संसद् सचिवालयको बा.१ झ ९१६० नम्बरको पजेरो जिप प्रयोग गर्दै आएकी थिइन् ।

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं – माधव नेपाल

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं – माधव नेपाल
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । उनीसँग गरिएको कुराकानी : एम...

‘निर्वाचनमा जाँदा आकाश खस्दैन’

‘निर्वाचनमा जाँदा आकाश खस्दैन’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ । ‘‘कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा दलहरूलाई राष्ट्रिय सहमतिमा सरकार निर्माण गरी अगाडि बढ्न आग्रह गर्छु,’’ कोरोना (कोभिड–१९) विरुद्ध एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राष्ट्रिय सहमति नै उचित मार्ग भएको स्पष्ट पार्नुभयो ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेप...