२८ छात्रालाई साइकल

२८ छात्रालाई  साइकल
माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो । विद्यालय जान आउन सहज होस् भन्दै वडा नं. २ को बजेटबाट माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको वडा सचिव गोविन्द राजवंशीले बताउनुभयो । “रु दुई लाख बजेट विनियोजन...

मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस सेवा शुरु

मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस सेवा शुरु
काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही हुनुभएको छ । पहिलो पटक मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यले उपकरण सञ्चालन गर्दै सेवा शुरु गर्नुभएको हो । यस प्रकारको सेवा सञ्चालन गर्न गएको पुस २ गते नेपाली सेना र कामपाबीच सहमतिपत्रमा हस्ता...

सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना

सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना
काठमाडौं - सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना भएको पाइएको छ। राष्ट्रिय सर्तकता केन्द्रले गरेको छानबिनमा क्याम्पसमा आर्थिक तथा शैक्षिक हिनामिना भएको भेटिएको जनाएको छ। क्याम्पसलाई आवश्यक पर्ने सामग्री मोबाइल, पानी शुद्ध गर्ने मेसिन, स्मारिका र खेलकुद सामग्री खरिद गर्दा त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन तथा खरिद नियममा भएको व्यवस्था पालना नभएको देखिएको छानबिन प्रतिवेदनमा उल्लेख छ। प्रधानम...

बालबालिकाको प्रशंसा गर्न चुक्नुभयो कि !

बालबालिकाको प्रशंसा गर्न चुक्नुभयो कि !
तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ? उनीहरुको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ ? उनीहरुले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ ? यदि छैन भने उनीहरुका क्रियाकलापबारे आजैदेखि ख्याल गर्ने बानी बसाल्नुहोस् । मनोविद्का अनुसार पाँच वर्षसम्म बालबालिकालाई आमाबुबाको न्यानो माया र साथ चाहिन्छ । तीन वर्षका बालबालिका जुनसुकै काम गर्न पनि अघि सर्छन् । चार वर्ष पुगेपछि आफ्नो सामा...

आलेख ः नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन

आलेख ः नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन
– निरा गौतम रुपन्देही, ७ माघ (रासस) ः करीब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल– भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने बसमा सम्पर्क गरी पठाएका रहेछन् ...

‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’

‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’
‘स्वस्थ जीवन प्रवद्र्धनका लागि धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन’ अभियान आज यहाँबाट शुरु भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शुरु गरेको सो अभियानले ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ भन्ने प्रमुख सन्देश दिएको छ । समाजिक विकासमन्त्री जीवन घिमिरेले धुम्रपानले समाजलाई नकारात्मक बाटोतर्फ धकल्ने गरेको बताउँदै यसको बिक्रीमा रोक लगाउनुपर्ने बताउनुभयो । सबैको सा...

ब्रिगेड र सङ्कटाले अङ्क बाँडे

ब्रिगेड र सङ्कटाले अङ्क बाँडे
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबले ब्रिगेड ब्वाइज (बीबीसी) क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा सङ्कटा र बीबीसी क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर पाएता पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुङ्गिन पुग्यो । खेलमा...

‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ’

‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ’
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सामुदायिक विद्यालयमा गरीबका छोराछोरी मात्रै पढ्छन् भन्ने धारणा हटाउनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालयको ५१आँै वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयले पनि दक्ष जनशक्ति उत्पादन गर्न सक्ने क्षमता राख्ने बताउनुभयो । मन्त्री गुरुङले सरकार समृद्धितर्फ अ...

चार महिलाले थाले व्यावसायिक भैंसीपालन

चार महिलाले थाले व्यावसायिक भैंसीपालन
यहाँका चार महिलाले सामूहिकरुपमा भैंँसीपालन व्यवसाय थाल्नुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ बेलघारीका महिलाले सामूहिकरुपमा व्यावसायिक तवरले भैँसीपालन थाल्नुभएको हो । युवा तथा पुरुषले सामूहिकरुपमा व्यवसाय सञ्चालन गर्ने र महिलाले सहयोगी भएर काम गर्ने परम्परालाई तोड्दै यहाँका महिला सामूहिकरुपमा व्यवसाय उन्मुख भएका हुन् । गत कात्तिकमा ‘बौरेनी भैँसी तथा कृषि फर्म’ दर्ता गरी ०७६ पुस १३ गते...

‘हुर्काउनै मुस्किल चार अमूल्य उपहार’

‘हुर्काउनै मुस्किल चार अमूल्य उपहार’
गौरव प्रधानलाई एक सन्तानको चाहान थियो । यसअघि नै पाँच वर्षको छोरा भएकाले सकेसम्म एक छोरी भइदिए छोराछोरी दुवैको रहर पूरा हुने चाहाना स्वाभाविक पनि हो । सधैँ सोचे जस्तो कहाँ हुन्छ र ! श्रीमतीको रजस्वला रोकिएको ३७ दिनमा नै थाहा भयो गर्भमा तीन सन्तान छन् भन्ने कुरा । विगत पाँच वर्षदेखि दुबइमा रहनुभएका प्रधानलाई सन्तानको माया त हुने नै भयो । वैदेशिक रोजगार रहर नभइ बाध्यता थियो । पुतलीबजार नगरपा...