हार्डवेयर व्यवसायीद्वारा चेपाङ बस्तीमा न्यानो कपडा वितरण

हार्डवेयर व्यवसायीद्वारा चेपाङ बस्तीमा न्यानो कपडा वितरण
गण्डकी - विभिन्न पेशा व्यवसायीले आप्mनो लागि मात्र नभई समाजका अतिविपन्न तथा सीमान्तकृत वर्गको दुःखमा समेत सहयोगी बन्द छन् भन्ने पोखराका निर्माण सामग्री व्यवसायीले उदाहरण दिएका छन् । पोखरा हार्डवेयर एशोसिएसन कास्कीको एक टोली नवलपुर जिल्लाको कावासोती नगरपालिका–१३ कुसनहरीका चेपाङबस्तीमा पुगेर न्यानो बिछ्यउना वितरण गरेर सबैका लागि अनुकरणीय बनेको हो । सो स्थानका ४० घरलाई डसना, फाइवर सिरक, खोल, झुल,...

कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’

कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
कर्णाली - भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार ९भोलि० देखि खोप लगाउन शुरु गर्ने तयारी थालेको छ । निर्देशनालयका निर्देशक डा रविन खड्काले कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खो...

माविमा छैन दरबन्दी

माविमा छैन दरबन्दी
बागलुङ - माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत यहाँको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन । कक्षा १० सम्म पढाइ हुने सो विद्यालयको आधारभूत तहमा छ दरबन्दी र एक राहत शिक्षक छन् । बाँकी छ शिक्षक निजी स्रोतका छन् । दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ । शिक्षकलाई तलब खुवाउ...

सौन्दर्यकर्मीद्वारा मानव सेवामा आश्रितहरुको केश सुधार

सौन्दर्यकर्मीद्वारा मानव सेवामा आश्रितहरुको केश सुधार
कर्णाली - राष्ट्रिय सौन्दर्यकर्मी नेपाल कर्णाली प्रदेशले मानव सेवाआश्रम सुर्खेतमा आश्रितहरुको केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले सोमबार आश्रममा आश्रित मानवहरुको केश काटेर सुधार गरेको हो । केश काट्नुका साथै उनीहरुको व्यक्तिगत सरसफाइ गरिएको सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रमी शाक्यले बताउनुभयो । ‘मानव सेवा नै सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर...

नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु
गलकोट - बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ । हात्तीपाइले रोग निवारणका लागि हालै गरिएको चौथो पटकको नमूना परीक्षणमा नारायण...

प्रदेश नं २ मा कोरोना विरूद्ध खोप अभियान शुरू हुने

प्रदेश नं २ मा कोरोना विरूद्ध खोप अभियान शुरू हुने
जनकपुरधाम - प्रदेश–२ मा यही माघ १४ गतेदेखि कोरोना विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य निर्देशक विजय झाका अनुसार प्रदेशका आठवटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट सो अभियान शुभारम्भ गरिनेछ । सङ्घीय सरकारबाट प्रदेश–२ मा खोप अभियान सञ्चालनका लागि २३ हजार भाइल प्राप्त भएको जनाइएको छ । माघ १४ गते मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जको नारायणी अस्पताल, आन्तरिक मामिला मन्त्री ज्ञ...

कोभिडविरुद्धको खोप अभियान माघ १४ देखि

कोभिडविरुद्धको खोप अभियान माघ १४ देखि
काठमाडौं - भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिएका हुन्। भारतबाट बिहीबार १० लाख डोज खोप नेपाल आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रमबारे यकिन मिति तोकेको थिएन। यद्यपि भारतले खोप दिने कुरा एक साताअघि देख...

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
सउल -दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताउनुभएको हो । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःश...

नयाँ कोरोनाले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ

नयाँ कोरोनाले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ
जेनेभा - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ ।  कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बे...

बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा बस्नु पर्ने

बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा बस्नु पर्ने
काठमाडौं - सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा दशदिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँ आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गर्नुभएको छ । उक्त नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त...