कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी

कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी
इलाम - कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् । संस्थागत विद्यालयमा पूरै शैक्षिक सत्रको र अतिरिक्त प्रयोगमार्फत पठनपाठनको शुल्क तिर्नुपर्ने सम्भावना देखेपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना भएका हुन् । ...

औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो

औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो
सिमकोट - जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन् । सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते छ वर्ष कैद र रु दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । फैसला भएको करिब दुई महिना बितिसक्दा पनि उहाँलाई हालसम्म कारागार स्थानान्तर...

एकैसाथ खोप कार्यक्रम शुरु गरिने

एकैसाथ खोप कार्यक्रम शुरु गरिने
कास्की - गण्डकी प्रदेशका ११ वटै जिल्लामा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धकोे ‘कोभिसिल्ड’ खोप लगाउन शुरु गरिने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज साँझ पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरी प्रदेशका सबै जिल्लामा खोप सामग्री पु¥याइसकिएको र भोलिदेखि माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । मुख्यमन्त्री गु...

दुई वर्षीया छोरीको हत्या

दुई वर्षीया छोरीको हत्या
अर्घाखाँची - अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । शितगङ्गा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिचिएको पाइएको छ । इलाका प्रहरी कार्यालय...

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ – उपप्रधानमन्त्री पोखरेल

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ – उपप्रधानमन्त्री पोखरेल
सप्तरी - उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन शुरु गरिने बताउनुभएको छ । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ गरिने भ्याक्सिन देशका सातै प्रदेशका चार लाख नेपालीले एक सातामा लगाउने बताउनुभयो । नेकपाका सचिवालय सदस्य रहनुभएका ...

कोरोनाबाट ३०३ सङ्क्रमित, २८५ निको

कोरोनाबाट ३०३ सङ्क्रमित, २८५ निको
काठमाडौं - पछिल्लो परीक्षण अवधिमा कोभिड–१९ को सङ्क्रमण ३०३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ५७४ को परीक्षण गर्दा ३०३ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये १३० महिला र १७३ पुरुष रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ९२ पुगेका छन् । काठमाडौँ उपत्यकामा १७२ जना सङ्क्रमित फेला पारेका छन् । फेला परेकामध्...

सात वर्षीया बालिकालाई उद्धार

सात वर्षीया बालिकालाई उद्धार
जनकपुरधाम - ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो । सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेsf दुई दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाक...

प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
मोरङ - प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेव...

महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका

महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
मोरङ - लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक महिल...

ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन पक्राउ

ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन पक्राउ
लहान - प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले करिब २५ किलो गाँजासहित मिर्चैया–८ निवासी १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८ निवासी ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादवलाई पक्राउ गरेको हो । मिर्चैया–९ स्थित रणबहादुर श्रेष्ठको घरमा गाँजाको कारोबार भइरहेको ग...