स्वास्थ्य स्वयंमसेविकालाई साइकल वितरण

स्वास्थ्य स्वयंमसेविकालाई साइकल वितरण
सप्तरी - स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि सप्तरीको कञ्चनरुपमा साइकल वितरण गरिएको छ । कञ्चनरुप नगरपालिका–८ द्वारा नौ महिला स्वयमसेविकालाई साइकल वितरण गरिएको हो । विभिन्न स्वास्थ्यसम्बन्धी कार्य गर्दा सूचना र सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको वडाध्यक्ष राजकुमार साहले बताउनुभयो । महिला स्वास्थ्य स्वयमंस...

दुर्गमका कर्मचारीका दुःख : ‘बाटैमा मरिन्छ कि भन्दै सेवा गर्नुपर्छ’

दुर्गमका कर्मचारीका दुःख : ‘बाटैमा मरिन्छ कि भन्दै सेवा गर्नुपर्छ’
जाजरकोट - फागुन महिना शुरु हुँदै गर्दा सबैलाई तातो मौसमको शुरुआत भएको अनुभूति हुने गर्छ । निम्न तथा गरिब परिवारका स्थानीयवासीको घरमा एकखालको खुशी नै आउने गर्दछ । चिसो मौसम सबैका लागि उस्तै खालको भए पनि हुनेखाने र आर्थिकरूपमा पछि परेकाहरूको जीवनशैलीमा भने फरक पर्दै आएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने स्थानीयवासीलाई भने चिसो र गर्मी मौसम दुवै खास थाहा नहुने गरेको छ । छ महिनाभन्दा बढी सम...

आलेख : विद्यालय नै अभिभावक

आलेख : विद्यालय नै अभिभावक
पाँचथर - फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालय कहिल्यै बिदा हुँदैन । विद्यार्थी जस्तै प्रधानाध्यापक र शिक्षक पनि प्रायः विद्यालयमै रहन्छन् । साहराविहीन २५ जना विद्यार्थीलाई आवासमा राखेर पढाउँदै आएको यस विद्यालयमा बिहान बेलुकी अरु विद्यार्थीसमेत भेला हुन्छन् । आवासमा नबसेका विद्यार्थीहरुमध्ये दैनिक १० देखि १५ जनाले बिहानको खाना विद्यालयमै खान्छन् । आवासका अधिकांश विद्यार्थी...

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै
डोटी - जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६÷७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । राज्यले विवाहको उमेर २० वर्षभन्दामाथि कायम गरेको भए पनि जिल्लामा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरी गर्भवती हुने क्रम बढ्दै ग...

‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’

‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’
काठमाडौं - अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा रु ६०० करोडको ल...

थप ७८ जनामा कोरोना पुष्टि

थप ७८ जनामा कोरोना पुष्टि
काठमाडौं - थप ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार १४३ पुगेको छ । थप दुई हजार ५३२ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६२ हजार ९३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ४०७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २...

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री
काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकत...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
काठमाडौंँ - कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण...

सिरहाको नरहा स्वास्थ्य शिविरमा ३२ जनाको सर्जरी

सिरहाको नरहा स्वास्थ्य शिविरमा ३२ जनाको सर्जरी
काठमाडौं - नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन् । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट ५८२ महिला र ३७९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन् । सेनाको २७ बाहिनी र बहादुर शेर गण २७ नं फिल्ड गुल्म आयोजक रहेको शिविरमा ३८ को इसिजी, ४४ को अ...

अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन
फुङ्लिङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालनमा ल्याएको छ । अध्यक्ष आकस्मिक उपचार कोषमार्फत गाउँपालिकाभित्रका नागरिकलाई सरकारले निःशुल्क गरेबाहेक घातक रोग उपचारका लागि बढीमा रु ५० हजारसम्म सहयोग गरिने भएको छ । गाउँपालिकाले अध्यक्ष आकस्मिक उपचार कोष कार्यान्वयन विनियम जारी गर्दै मान्यता प्राप्त स्वास्थ्य संस्थाको प्रमाणित बिल र रोगको प्रकृतिका आधारमा भुक्तानी ...