सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति
काठमाडौँ - नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका व्यवस्थाहरुमा संविधानसँग नबाझिने गरी महासङ्घका मागलाई अधिकतम् सम्बो...

स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ -स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको जनसङ्ख्या र विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैै उहाँले आजको दिनमा असहाय र गरिब नागरिक स्वास्थ्य उपचारबाट वञ्चित नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गरिब र असहाय नागरिक...

जलवायु परिवर्तनको असर नेपालका महिलामा बढीः डा राणा

जलवायु परिवर्तनको असर नेपालका महिलामा बढीः डा राणा
काठमाडौँ -नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा राख्नुभएको छ । जापानको टोकियोमा ‘द फाउण्डेशन अफ द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल’ले आयोजना गरेको एसियास्तरीय सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट सम्बोधन गर्दै सांसद डा राणाले जलवायु परिवर्तनले पारेको असर कम गर्न ज...

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२ ) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान...

पेट स्क्यान गर्ने मेसिन ल्याउने तयारीमा क्यान्सर अस्पताल

पेट स्क्यान गर्ने मेसिन ल्याउने तयारीमा क्यान्सर अस्पताल
चितवन- नेपालमा प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान मेसिन सञ्चालन गर्न चासो दिनुभएको थियो । तर तत्कालीन समयमा सरकारले यहाँ मेसिन खरिदका लागि बजेट विनियोजन गरे पनि कामले पूर्णता भने पाउन सकेन । तर राष्ट्रपति यादवको कार्यकाल पूरा भएको झण्डै १० वर्षपछि भने यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट स्क्यान ल्याउनका लागि...

‘बुस्टर डोज’ अभियान यही भदौ २५ गतेदेखि

‘बुस्टर डोज’ अभियान यही भदौ २५ गतेदेखि
काठमाडौँ- जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेकाले पुनः अभियान सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । कार्यालयले स्थानीय तहसँगको छलफलपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो । उहाँका अनुसार अभियान यही भदौ २५ देखि ३० गतेसम्म सञ्...

औषधि पसललाई कानूनी दायरामा ल्याउँदै कामपा

औषधि पसललाई कानूनी दायरामा ल्याउँदै कामपा
काठमाडौं - काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ । कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानून विपरीत रहेको भन्दै कानूनी दायरामा ल्याउन लागिएको जनाइएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ यस औषधि पसल सञ्चालन छन् । सञ्चालित धेरै औषधि पसल कानून विपरीत रहेको भन्दै प्रमुख पौडेलल...

उप-प्रमुख प्रतिमा लामाकाे शिक्षा र स्वास्थ विकासमा जोड

उप-प्रमुख प्रतिमा लामाकाे शिक्षा र स्वास्थ विकासमा जोड
 रसुवा - गोसाइकुण्ड गाउपालिकामा  तीन दिने बाल अधिकार संरक्षण र बाल मैत्री स्थानिय शासन प्रवर्द्धन कार्यक्रम  सम्पन्न भएको छ । उप -प्रमुख प्रतिमा लामाले जब सम्म शिक्षा र स्वास्थमा विकास हुदैन तब सम्म त्यो ठाउको दिगो विकास हुदैनू भन्ने हाम्रो पर्व मान्यता अनुरूप शिक्षा र स्वास्थ्यमा नै जोड दिएर निति तथा कार्यक्रमहरू बनाइरहेको बताउनु हुदै आजको बालक भोलिको  कर्णधार हुन तसर्थ बालबालिकाहरूको अधिकार ह...

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित
दोधारा चाँदनी (कञ्चनपुर), ६ भदौ - सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । नेकपा ९एकीकृत समाजवादी०को विद्यार्थी सङ्गठन...

नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन

नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन
तुलसीपुर (दाङ) - पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उहाँले पनातिसमेत देखिसक्नुभएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थाल्नुभएको छ । चा...