महोत्तरीका चार पौराणिक शिव मन्दिरमा भक्तजनको घुइँचो

महोत्तरीका चार पौराणिक शिव मन्दिरमा भक्तजनको घुइँचो
जलेश्वर - साउनका प्रत्येक सोमबार श्रद्धापूर्वक मनाइने सोमबारी मेला ९बोलबम०को अवसरमा आज पनि महोत्तरीका चार पौराणिक शिव मन्दिरहरुमा भक्तजनको अपार भीड लागेको छ । जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ, बर्दिबास नगरपालिकामा अवस्थित बाबा टुटेश्वरनाथ, भङ्गहा नगरपालिकामा अवस्थित बाबा सिद्धेश्वरनाथ र सोनमा गाउँपालिकामा अवस्थित बाबा मङ्गलनाथको मन्दिरमा भगवान शिवको पूजाअर्चना गर्ने दर्शनार्थ...

सर्पदंशबाट चार दिनमा दुईको मृत्यु

सर्पदंशबाट चार दिनमा दुईको मृत्यु
दाङ - दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका–७ मामाघर बस्दै आएका मनोज वली रहेका छन् । गए राति १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।...

बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई गाउँपालिकाबाट छात्रवृत्ति

बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई गाउँपालिकाबाट छात्रवृत्ति
टक्सार (भोजपुर) - गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृत्ति सहयोग गर्न लागेको हो । रामप्रसाद राई–५ मानेभञ्ज्याङ, आमबोटेमा गत वर्षबाट शिक्षालय खुल...

आइएमएफको मिसन टोली र योजना आयोग उपाध्यक्षबीच भेटवार्ता

आइएमएफको मिसन टोली र योजना आयोग उपाध्यक्षबीच भेटवार्ता
काठमाडौँ - अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । आइएमएफको नयाँ मिसन चिफका रुपमा नेपाल आउनुभएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग आज सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो । भेटमा आइएमएफ टोलीले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औँ पञ्चवर्षीय आवधिक यो...

खेलाडीको छलाङ तर पूर्वाधार छैन

खेलाडीको छलाङ तर पूर्वाधार छैन
महेन्द्रनगर - साफ प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुन् । हाल उनीहरु चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट समेत भइसकेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आवद्ध चुनारा र डडेल्धुराका दुवे मुलुकको प्रतिनिधित्व गर्दै एसियाली खेलअघि प्रशिक्षणका लागि भारत जाँदैछन् । दुवै खेलाडीसँग सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै...

लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ

लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ
काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण ...

बेपत्ता बालकको खोजी जारी

बेपत्ता बालकको खोजी जारी
काठमाडौं - काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । काठमाडौँ महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिनुभयो । सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा ...

आलेख : ओझेलमा ‘सेतो सुन’

आलेख : ओझेलमा ‘सेतो सुन’
झापा - विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ । बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र रबरजन्य वस्तुलाई प्रतिस्थापन गरी स्वदेशी अर्थतन्त्रलाई बलियो तुल्याउने सामथ्र्य बोकेको रबर खेती झापामा २०४७ सालमा ...

साउनको दोस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

साउनको दोस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडौँ - सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् । सोमबारका अवसरमा आ...

सडक मर्मत गर्न श्रमदान अभियान

सडक मर्मत गर्न श्रमदान अभियान
भोजपुर - टेम्केमैयुङ गाउँपालिका–१ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब सात किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको समन्वयमा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन् । स्थानीय श्रमदान गरेर सेतीबगर रिमचिम तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, तीन भङ्गाले, बाघखोर सडक खण्ड मर्मत गरेका हुन् । बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरेर सडक मर्मतको काम गरिएको...