देउखुरीका दर्जन बढी घर डुबानमा

देउखुरीका दर्जन बढी घर डुबानमा
दाङ - दाङ देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् । सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् । दाङ राजपुर गाउँपालिका–५ स्थित भुर्किहवाका १०/१२ वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । राप्ती नदीमा पानीको सतह बढेर ती घर डुबानमा परेका थिए । त्यस्तै लमही नगरपालिका–१ स...

नरबहादुरको स्मृति दिवसका सन्दर्भमा नरबहादुरको निष्ठा र नेपाली कम्युनिष्ट आन्दोलनको प्रतिष्ठा

नरबहादुरको स्मृति दिवसका सन्दर्भमा नरबहादुरको निष्ठा र नेपाली कम्युनिष्ट आन्दोलनको प्रतिष्ठा
काठमाडौँ - आज साउन ९ गते, नेपाली कम्युनिष्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व नरबहादुर कर्माचार्यको स्मृति दिवस । कर्माचार्यलाई नेपालका कम्युनिष्टले मात्र नभई आमजनताले एक अभिभावकको रुपमा उच्च सम्मान गर्दछन् । पुष्पलाल, मोहनविक्रम र निर्मल लामा जो नेपाली कम्युनिष्ट आन्दोलनका वैचारिक राजनीतिक गुरुको रुपमा परिचित छन्, एकपटक नेपाली कांग्रेसका कार्यकर्ता रहिसकेका छन् तर कर्माचार्यको राजनीतिक जीवन नेकाभन्दा...

कोशी प्रदेश : सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने

कोशी प्रदेश : सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने
काठमाडौँ  -कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त रिटमाथिको सुनु...

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य प्रवेशद्वारमा पहिरो खस्यो

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य प्रवेशद्वारमा पहिरो खस्यो
लुम्बिनी - सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको मुख्य प्रवेशद्वार ‘टनेल पोर्टल’ पहिरो खसेर पुरेको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिराले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरेको हो । सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीले आफू अहिले कार्यस्थलभन्दा बाहिर रहेको भन्दै बुटवलतर्फको साइटमा निर्माण थालिएको टनेलमा पहिराले ठूलो...

प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ

प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ
गलकोट -होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङ...

किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ : मन्त्री मोदी

किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ : मन्त्री मोदी
विराटन - गरसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताउनुभएको छ । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उहाँले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गर्नुभयो । सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताउनुभयो । सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशी...

ज्येष्ठ नागरिक भन्छन्,“भत्ता नै बुढेसकालको सहारा”

ज्येष्ठ नागरिक भन्छन्,“भत्ता नै बुढेसकालको सहारा”
तनहुँ - “कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते ग¥यो र गएँ पनि,” भानु नगरपालिका–१३ पोखरी छापकी ७२ वर्षीया धनमाया गुरुङले भन्नुभयो, “तर झलझली गाउँको हावापानी सम्झिएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ ।” भानु नगरपालिका–१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुने क्रममा धनमायाले दुईवर्ष पहिलेको अनुभव सुनाउनुभएको हो । उहाँजस्तै अन्...

खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री
काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राख्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रील...

नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति

नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति
गण्डकी - देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई फर्काउन बरदान सावित भएको छ । पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रुपमा विकास भए...

मध्य वर्खामै सिँचाइ गर्न आलोपालो

मध्य वर्खामै सिँचाइ गर्न आलोपालो
–दुर्गा देवकोटा टीकापुर -  कैलालीको टीकापुर नगरपालिका–३ का किसान सरोज चौधरीले असारको १५ तिर धान खेत रोपेर सक्नुभएको हो । तर धान रोपाइँ सकिएको २० दिन नपुग्दै धान खेत झारले ढाकेको छ । रोपाइँमा पर्याप्त सिँचाइ उपलब्ध नहुँदा झारले धानबाली ढाकेको छ । “कुलामा भएको पानी सबैलाई पालो दिनुपर्छ, रोपेको धानले पर्याप्त पानी पाएन”, उहाँ भन्नुहुन्छ, “यस वर्ष वर्षा पनि खासै भएको छैन, सिँचाइ अभावमा खेतमा घाँस ...