सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा : उपप्रधानमन्त्री श्रेष्ठ

सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा : उपप्रधानमन्त्री श्रेष्ठ
महोत्तरी  -उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताउनुभएको छ । आज महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको तीन दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उहाँले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको महत्त्वबारे सुशिक्षित गराउन पर्ने आवश्यकता औँल्याउनुभयो । पछिल्लो कालमा प्र...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ
काठमाडौँ - काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ३२ वर्षीय अनन्तप्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गा...

स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस्– सभामुख घिमिरे

स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस्– सभामुख घिमिरे
पाटन - सभामुख देवराज घिमिरेले सामुदायिक विद्युत्का अभियानकर्मीहरूलाई स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्न आग्रह गर्नुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको १९औँ स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले समुदायलाई सङ्गठित गरेर दूरदराजलाई उज्यालो बनाउन गरेको भूमिकाको प्रशंसा गर्नुभयो । “दुई वर्षभित्र सबैलाई विद्युत् सेवा पुर...

प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कँदै

प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कँदै
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम...

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राख्नुभएको थियो । सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्या...

शैलुङको आलु राप्रपा अध्यक्ष लिङ्देनलाई उपहार

शैलुङको आलु राप्रपा अध्यक्ष लिङ्देनलाई उपहार
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई दोलखा शैलुङ गाउँपालिकाका किसानले आलु उपहार दिएका छन् । पार्टी कार्यालय धुम्बहाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर आज उनीहरूले अध्यक्ष लिङ्देनलाई आफ्ना समस्या राख्दै आलु उपहार दिएका हुन् । आलु उपहार लिँदै अध्यक्ष लिङ्देनले कृषिमा रु एक खर्बभन्दा अनुदान गए पनि खास किसानमा पुग्न नसक्नु दुःखद् भएको भन्दै किसानक...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेल रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार ज्ञानबहादुर भुजरलले दिएको जाहेरीका आधारमा पौडेलला...

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायत सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार उक्त नगरपाकिाको ७ र ८ नं वडाको बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत स्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको पाइएकाले आज मुद्द...

दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात हो : अर्थमन्त्री डा महत

दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात हो : अर्थमन्त्री डा महत
काठमाडौँ  -अर्थमन्त्री डा प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको सहकार्यमा आज यहाँ आयोजित बहुआयामिक हलोक्रान्ति(२००६ विषयक एक दिवसीय विचार गोष्ठीमा उहाँले दुराडाँडाको हलोक्रान्ति चेतना र क्रान्तिको सुरुवात भएको धारणा राख्नुभयो । “शिक्षाको चेतना व्यापक भएको लमजुङको दुराडाँड...

सेवाग्राही बनेर मन्त्रीको छड्के

सेवाग्राही बनेर मन्त्रीको छड्के
गण्डकी - गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गर्नुभएको छ । सेवाग्राही सरह कार्यालय पुग्नुभएका मन्त्री जुग्जालीले सवारी चालक अनुमतिपत्र र सवारीसाधन दर्ता तथा नवीकरणसम्बन्धी सेवा दिने कार्यालयको गोप्य अनुमगन गर्नुभएको थियो । सेवाग्राहीसँगै लाममा उभिएर उहाँले कार्यालयको सेवा प्रवाहका स...