शिक्षण पेशासँगै उद्घोषणमा जमेका ‘केपी’
महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका केपी कलौनीले शिक्षण पेशा अङ्गालेको साढे एघार वर्ष भयो । हाल कैलालीको तेघरीमा रहेको नेपाली सेनाको सैनिक आवाशीय विद्यालयमा कार्यरत कलौनीको परिचय शिक्षक मात्र नभई सुदूरपश्चिम प्रदेशमै एक कुशल उद्घोषणका रुपमा परिचित छ ।
विसं २०६० देखि स्थानीयस्तरबाट उद्घोषण सुरु गरेका कलौनीको कला र प्रभावकारी उद्घोषणकै कारण उहाँको माग सुदूरपश्चिमसँगै भारतमा प्रवा...