राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ – अध्यक्ष ओली

राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ – अध्यक्ष ओली
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँले यही पारस्परिक लाभ र सम्मान नहेरिकन राष्ट्रिय हितको मात्रै पक्षपोषण गरियो भने त्यो अन्यायपूर्ण हुने उल्लेख गर्नुभयो । नेकपा (एमाले) को परराष्ट्र ...

मकवानपुरमा उद्योगको अनुगमन

मकवानपुरमा उद्योगको अनुगमन
बागमती - मकवानपुरमा अनुगमन समितिले जिल्लाका विभिन्न उद्योगमा अनुगमन गरेको छ । यस क्रममा तोकिएको मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने एक वेकरी उद्योगमा सिलबन्दी गरिएको छ । यसका साथै तीन व्यावसायिक फार्मलाई जरिवानासहित कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा रहेको खश्बु बेकरी उद्योगमा सिलबन्...

ज्याला वृद्धिको माग

ज्याला वृद्धिको माग
झापा - झापाका चिया श्रमिकले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेलगायत माग राखेका छन् । चिया मजदुर आवद्ध सङ्गठनले सो मागसँगै आज काँकडभिट्टामा प्रदर्शनसमेत गरेका छन् । श्रमिकको न्यूनतम पारिश्रमिक तथा पत्ति डबली वृद्धि, रोजगार सम्झौता, योगदानमा आधारित सामाजिक सुरक्षालगायत व्यवस्था लागू गर्नुपर्ने कृृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताउनुभयो । ती...

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव
चितवन - चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् । भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन कोभिड–१९ मा जस्तै हातको सरसफाइ र सामाजिक दूरीमा ध्यान दिनुपर्ने बताउनुभ...

चक्कु प्रहार गरी श्रीमतीको हत्या

चक्कु प्रहार गरी श्रीमतीको हत्या
महेन्द्रनगर - कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ । “प्रारम्भिक अनुसन्ध...

मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी

मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी
भक्तपुर - जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा गएको टोलीले अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभ...

सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीलाई अन्यत्र पठाइन्छ : मन्त्री मोदी

सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीलाई अन्यत्र पठाइन्छ : मन्त्री मोदी
काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि यथाशीघ्र मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो । मन्त्री मोदीले भन्नुभयो, “तीन सयभन्दा बढी स्थानमा लामो समयसम्म निमित्तको ...

आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द

आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द
चितवन - विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो । नगर शिक्षा अधिकारी राजु बानियाले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा परीक्षा सकिएर व...

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको आग्रह

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको आग्रह
काठमाडौं - प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक क्यालेन्डरको कार्यान्वयन गर्न आग्रह गरिएको छ । समितिको बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको प्रस्तुतिपछि सांसदहरुले पूर्वाधार र संरचनाका हिसाबले पनि ठूलो विश्वविद्यालयलाई व्यवस्थितरुपमा सञ्चालन नगर्दा उच्चशिक्षा र र...

सीप सिकेर आफ्नै ठाउँमा स्वरोजगार

सीप सिकेर आफ्नै ठाउँमा स्वरोजगार
दैलेख -  जिल्लाको नारायण नगरपालिका–१ रातामाटेमा पुस्तौँदेखि बसोबास गर्दै आएका २६ घर दलितको आम्दानीको स्रोत भनेकै अरूकोमा काम गरेर परिवारको गर्जो टार्नु वा कामको खोजीमा कालापहाड अर्थात् (भार) जानु बाध्यता हो । करिब चार दशकअघिदेखि अव्यवस्थितरूपमा भूमिहीन भएर त्यहाँ बस्दै आएका दलित परिवारमा पढे लेखेका धेरै भेटिँदैनन् । गरिबीका कारण पढ्न नपाएका त्यहाँका युवायुवती पनि मजदुरी गर्दै साँझ बिहान गाँसको ...