सफा र बुटिक विमानस्थल

सफा र बुटिक विमानस्थल
गत बिहीबार थाइल्याण्डबाट आउनुभएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेर्नुभयो । ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैँडामा उहाँको आँखा पुग्यो । “बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो”, उहाँले भन्नुभयो । “किन ?”, सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोध्नुभयो । उहाँको जवाफ थियो, “हाम्रो देश नेपाल र हाम्रो संस्कार र सम्पदा झल्किने मूर्ति र वस्तुहरु ...

रोकिँदै काठ तस्करी

रोकिँदै काठ तस्करी
डिभिजन वन कार्यालय सुर्खेतले काठ आपूर्तिलाई सहज बनाएपछि तस्करी घट्दै गएको पाइएको छ । कार्यालयले काठ तस्करको सञ्जाल निस्तेज पार्न गस्ती बढाउनुका साथै आपूर्ति व्यवस्थापनलाई सहज बनाएपछि तस्करीमा कमी आएको हो । यसअघि डिभिजन वनले आपूर्तिको काठ उपलब्ध गराउन नसक्दा सामुदायिक वनहरुबाट तस्करले उपभोक्ताको घरघरमा चोरीको काठ ढुवानी गर्ने गरेका थिए । आपूर्ति सहज बनाएपछि कार्यालयमा उपभोक्ताको निवेदन आउन...

सेवासुविधाको रकम शैक्षिक सुधारमा

सेवासुविधाको रकम शैक्षिक सुधारमा
गलेश्वर - म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाको एक विद्यालयमा आफ्नो पारिश्रमिकबाट अक्षयकोष स्थापना गर्नुभएको छ । गाउँपालिका–४ स्थित नारच्याङमा रहेको नारच्याङ आधारभूत विद्यालयमा उहाँले पछि थप गर्ने गरी रु ५० हजारको अक्षयकोष स्थापना गरिदिनुभएको हो । विद्यालयको ५८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा हालै आयोजित कार्यक्रममा गरिब तथा विपन्न परिवारका विद...

उपल्लो डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा

उपल्लो डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा
डोल्पा - उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिनुभयो । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उहाँले बताउनुभ...

कालीगण्डकीमा रोमाञ्चकारी जलयात्राको मज्जा लिने कि ?

कालीगण्डकीमा रोमाञ्चकारी जलयात्राको मज्जा लिने कि ?
तानसेन - पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका अगामी फागुनको २४ गतेदेखि महोत्सव आयोजना गरिने रामपुर नगरपालिकाका नगरप्रमुख अध्यक्ष रमणबहादुर थापाले जानकारी दिनुभयो । कालीगण्डकी नदीमा जलयात्रा, रामपुर बाहुनडाँडाबाट प्याराग्लाइडिङ, जातजाति तथा रहनसहनमा आधारित विभिन्न सांस्कृतिक झाँकी प्रर्र्दशन महो...

देउडामा उदाउँदै ‘रेखा’

देउडामा उदाउँदै ‘रेखा’
भीमदत्तनगर - ‘कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण युवा देउडा गायिका रेखा जोशी बन्नुभएको छ । पछिल्लो समय उहाँले आफूलाइ सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल हुनुभएको छ । पाँच वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा उहाँ प्रवेश गर्नुभएको थियो । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखा निवासी उहाँका कर्णप्रिय देउडा गीत सुन्न श्रोता औधि मनपराउँछन् । उ...

बिहेवारी बीस वर्षपारि नारामा सीमित

बिहेवारी बीस वर्षपारि नारामा सीमित
नेपालगञ्ज - युवायुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी बीस वर्षपारि’ भनाइ झुण्डिएको भएपनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ । जिल्ला केही सचेत युवायुवती र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागि परेका छन् । विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सार बताउनुहुन्छ । बाँके जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क छै...

भ्रमण वर्ष ‘एक महिना, एक कार्यक्रम’

भ्रमण वर्ष ‘एक महिना, एक कार्यक्रम’
गलकोट - नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई लक्षित गरि बागलुङका होटल व्यवसायलाई पर्यटकमैत्री बनाइने भएको छ । पर्यटन विकास समितिले ‘एक महिना, एक कार्यक्रम’ अनुसार पहिलो महिना पोखरामा सफल ठानिएका लेकसाइडका होटल रेष्टुराँको अध्ययन अवलोकन गर्ने भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ पर्यटन विकास समिति र बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी समितिको संयुक्त आयोजना तथा होटल व्यवसायी महासङ्घ...

स्वास्थ्य शिविरमा परीक्षण गराउनेको घुइँचो

स्वास्थ्य शिविरमा  परीक्षण गराउनेको घुइँचो
दमौली - तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । यहाँस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रद्वारा गत शुक्रबारदेखि आइतबारसम्म सञ्चालित शिविरमा दुई हजार ३५० लाभान्वित भएका हुन् । प्रसूतितर्फ ४३६, छालातर्फ १०४, श्वासप्रश्वासतर्फ ६४९, भिडियो एक्सरेतर्फ २३०, नाक, कान, घाँटीतर्फ १३७, इसिजीतर...

हिङ्कुकेभ वरिपरि अझै सात बेपत्ता खोजीमा कठिनाइ

हिङ्कुकेभ वरिपरि अझै सात बेपत्ता खोजीमा कठिनाइ
कास्की - अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन । पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए । घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज...