१८२ जनालाई न्यानो कपडा वितरण

१८२ जनालाई न्यानो कपडा वितरण
डोटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खेगेन्द्रबहादुर साउदले जिल्लामा चिसो बढेपछि यहाँका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गर्नुभएको छ । दिपायल सिलगढी नगरपालिका–३ को वडा कार्यालयमा सोमबार कार्यक्रम आयोजना गरी उहाँले वडा नं १, २, ३ र ४ मा रहेका १८२ वृद्ध, एकल, अपाङ्गता तथा असहायलाई न्यानो लुगा वितरण गर...

प्रेस सङ्गठन रासस शाखामा पूर्णता

प्रेस सङ्गठन रासस शाखामा पूर्णता
काठमाडौँ - प्रेस सङ्गठन नेपाल राष्ट्रिय समाचार समिति (रासस) शाखाको एकीकृत कार्यसमितिले आज पूर्णता पाएको छ । कृष्णराज गौतमको संयोजकत्वमा गठित कार्यसमितिमा सह–संयोजक सुशील दर्नाल र सदस्यमा रामलाल श्रेष्ठ, तिलक भुसाल, शशि अधिकारी, कुमारी कमला पौडेल, मुना भण्डारी, रेशमा शाक्य, नवीन पौडेल, पूर्णबहादुर कार्की र जमुना धमला सदस्य हुनुहुन्छ । रासस केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित भेलामा र...

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

ट्रकको ठक्करबाट एक युवकको मृत्यु
कैलाली - कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं.६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका व...

छाउपडी सिङ्गो देशको समस्या : मन्त्री गुरुङ

छाउपडी सिङ्गो देशको समस्या : मन्त्री गुरुङ
अछाम - महिला, बालबालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरुङले छाउपडी गोठ सुदूरपश्चिम र कर्णाली प्रदेशको मात्र नभई सिङ्गो देशको समस्या भएको बताउनुभएको छ । सदरमुकाम मङ्गलसैनमा भएको छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियान कार्यक्रममा उहाँले छाउपडी गोठको समस्या समाजमा कुरितिको रुपमा फैलिँदै गएकाले सरकारले गोठ भत्काउने अभियानको थालनी गरेको बताउनुभयो । छाउ मान्ने प्र...

चरेससहित वडा सदस्य पक्राउ

चरेससहित वडा सदस्य पक्राउ
मार्तडी - बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउपर्नेमा बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका–१ हाल मार्तडीमा होटल व्यवसाय...

लाङटाङमा बेपत्ता विद्यार्थीको खोजी

लाङटाङमा बेपत्ता विद्यार्थीको खोजी
मेलम्ची - लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको छ । विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमापर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको हो । हेली एभरेष्टको हेलिकप्टरबाट आज मध्याह्नतिर चार उद्धारकर्ता पु¥याएर आफू राजधानी फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ । वडा नं १ ...

खेतको आलीबाट शुरु भएको सहकारी जिल्लाकै नमूना

खेतको आलीबाट शुरु भएको सहकारी जिल्लाकै नमूना
बेझाड, पाल्पा, ६ माघ (रासस) ः झट्ट सुन्दा अनौठो लाग्छ, खेतको आलीबाट शुरु रामपुरको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लाकै नमूना सहकारीका रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । आज भन्दा दुई दशक अघि रामपुर नगरपालिका–७ स्थित बिरुवा खेतको आलीमा केही स्थानीयवासीले सहकारी सञ्चालनको सोच बनाए अनुरुप विसं २०५६ पुस २० गते यो सहकारी अस्तित्वमा आयो । खेतको आलीमा बसेर दैनिक ५० रुपै...

प्रसारण लाइन निर्माणको अवरोध हटाउन पहल

प्रसारण लाइन निर्माणको अवरोध हटाउन पहल
मस्र्याङ्दी करिडोरमा निर्मााण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न महत्वपूर्ण मानिएको मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन पहल शुरु गरिएको छ । आयोजनाको उदिपुर (लमजुङ)–मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिका–४ र ५ का स्थानीयवासीले मार्ग परिवर्तनको माग गर्दै एक वर्षअघिदेखि प्रसारण लाइन निर्माणमा अव...

आलेख – अपाङ्गता भएका व्यक्तिलाई भत्ता अपुग

आलेख – अपाङ्गता भएका व्यक्तिलाई भत्ता अपुग
माघ महीनाको चिसो सिरेटो । बिहानीको झुल्के घामसँगै घरको आँगनमा आमाको सहारामा ह्विलचेयरमा निस्कनु हुन्छ हरिचन्द्र रावल । खलाचौरस्थित कर्णाली राजमार्गको छेउमा उनको घर छ । घरदेखि वरपर जान नसक्ने भएपछि दुई वर्षदेखि उहाँले घरको आँगनमै दिन बिताइरहनु भएको छ । कर्णाली राजमार्गमा गुड्ने सवारी साधन र आवत जावत गर्ने मान्छे हेर्दै उहाँको दैनिकी बित्ने गर्दछ । चन्दननाथ नपा–७ खलाचौरका २४ वर्षीय रावल पूर्ण अ...

कामदार भागेपछि लोकमार्गको निर्माण ठप्प

कामदार भागेपछि लोकमार्गको निर्माण ठप्प
राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन् । कामदार भागेसँगै बागलुङ–अछेते खण्डको काम पुनः अलपत्र परेको लोकमार्ग आयोजनाले बताएको छ । यस खण्डको २५ किमीमध्ये अक्षेते बिहूँ खण्डमा सन्तोषजनक काम भए पनि बागलुङ बजारको उपल्लाचौरदेखि अक्षेते बिहूँसम्मको सडक निर्माणमा खटिएका कामदार भागेको स्थानीयवासीले बताएका छन् । जि...