रकम फिर्ता गर्दै भूकम्पपीडित
जिल्लाका भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् । घर बनाउन आवश्यक नभएको भन्दै भूकम्पपीडितको पाउने पहिलो किस्ताबापतको रु ५० हजार बुझेकाले धमाधम फिर्ता गर्न थालेका हुन् ।
हालसम्म निजी आवस पुनःनिर्माण लाभग्राही सूचीमा परेका जिल्लाका विभिन्न स्थानका १७ भूकम्पपीडितले रकम फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) कार्...