राष्ट्रियसभा निर्वाचन : सदरमुकाममा बढ्यो रौनक

राष्ट्रियसभा निर्वाचन : सदरमुकाममा बढ्यो रौनक
यतिबेला सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा डोटी जिल्ला सदरमुकाम सिलगढीमा निकै चहलपहल बढेको छ । चहल पहलसँंगै यहाँका बजारमा समेत रौनक छाएको छ । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदानका लागि यहाँ आउन थालेपछि बजारमा रौनक छाएको हो । मतदान गर्न आउने जनप्रतिनिधिका कारण यहाँका बजारमा रहेका होटेल तथा अतिथिगृह ...

नुवाकोटको उत्तर प्रयाग त्रिवेणी धाममा माघ १४ देखि महायज्ञ

नुवाकोटको उत्तर प्रयाग त्रिवेणी धाममा माघ १४ देखि महायज्ञ
धार्मिक पर्यटनका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले नुवाकोटका शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा यही माघ १४ देखि २४ सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । त्रिवेणी धामको प्रचारप्रसार, पूर्वाधार विकास तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न लिखु, सत्यावती (स्यालपिङ¬) र कन्यावती (खहरे) को सङ्गमस्थलमा महायज्ञ गर्न...

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा
राष्ट्रियसभा सदस्य निर्वाचन– २०७६ का लागि गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा भोलि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान समय तोकिएको र निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षा प्रबन्धलगायतका सम्पूर्ण तयारी सकिएको कार्यालयका प्रमुख महेन्द्र सुवेदीले रासससँग बताउनुभयो । निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको र प्रत्येक केन्द्...

मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन
खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले आज झापाको काँकडभिट्टा र दुहागढीमा अवस्थित मानव मलमूत्रीय फोहर (दिसाजन्य लेदो) प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको छ । नेपाल सरकार र मेचीनगर नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहर प्रशोधन केन्द्र खानेपानी मन्त्रालयअन्तर्गत साना शहरी खानेपानी आयोजनाले नमूना परियोजनाको रूपमा सञ्चालन गरेको हो । मेचीनगर–७ काँकडभिट्टामा रहेको केन्द्रले दैनिक १२ घ...

घुस लिएको अभियोगमा वन कार्यालयका प्रमुख पक्राउ

घुस लिएको अभियोगमा वन कार्यालयका प्रमुख पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई घुस रकमसहित पक्राउ गरेको छ । वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदै गर्दा सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालल...

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन स्वास्थ्यमन्त्री

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन  स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–४ असंैना स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भन्नुभयो । पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उहाँले सरकारबाट औजार, भवन, चिकित्स...

जुम्लामा नेविप्राको कार्यालय स्थापित

जुम्लामा नेविप्राको कार्यालय स्थापित
खलङ्गा, ८ माघ (रासस) ः बत्तीको चरम अभाव भोगिरहेको जुम्लामा नेपाल विद्युत् प्राधिकरणको कार्यालय स्थापना गरिएको छ । जुम्लामा प्राधिकरणले आफ्नो कार्यालय नै स्थापना गरेपछि साना जलविद्युत् उपभोक्ता समितिले सञ्चालन गरिहेको बिजुली अब आफूले जिम्मा लिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जुम्लामा ३३ केभीको राष्ट्रिय प्रसारण लाइन जोडेर सञ्चालन गर्ने तथा स्थानीय बत्तीलाई समेत एकीकृत...

मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन

मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन
राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ । समितिको आजको बसेको बैठकले समितिले पटकपटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेको र कार्यान्वयन बारे जवाफ माग गर्दासमेत अटेर गरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निणर्य गरेको हो । समितिका सभापति रामनारायण बिडारीले उद...

घुस लिएको अभियोगमा प्रहरी पक्राउ

घुस लिएको अभियोगमा प्रहरी पक्राउ
सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान रु पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले प्रहरी यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका ...

लोपोन्मुख थारु नाचको संरक्षण हुँदै

लोपोन्मुख थारु नाचको संरक्षण हुँदै
रुपन्देहीमा लोपोन्मुख थारु समुदायका तीन नाचको संरक्षण गर्न थालिएको छ । थारु समुदायका अगुवाले थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै विभिन्न महोत्सव र मेला गरेर झुमडा, झर्रा तथा बड्का नाच प्रदर्शन गरेर संरक्षण गर्न लागिएको बताउनुभएको छ । “परम्परागत यी नाच हाम्रा पूर्खाले सिर्जना गरेका हुन त्यसैले यसको संरक्षण आवश्यक छ”, सैनामैना नगरपालिका–८ स्थित भड्छाका बुद्धिराम थारुले भन्नुभयो । उक...