विजयोत्सवमा मुख्यमन्त्री पौडेलको शुभकामना

विजयोत्सवमा मुख्यमन्त्री पौडेलको शुभकामना
हेटौँडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताउनुभएको छ । मकवानपुरगढीको २५७ औँ विजयोत्सवको उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उहाँले गोर्खाली सेनाको नाम सुन्नासाथ विश्व थर्कमान हुने काम सोही युद्धले गराएको जनाउनुभएको छ । गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक ...

मकवानपुरगढीमा २५७औँ विजयोत्सव मनाइँदै

मकवानपुरगढीमा २५७औँ विजयोत्सव मनाइँदै
हेटौँडा - गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरमा भव्यताका साथ आज विजयोत्सव मनाइँदैछ । वीर गोर्खालीले सो सेनालाई पराजित मात्र गरेन् ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिन सफलता प्राप्त गरेको जनाइएको छ । इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरिदिएको थियो । गोर्खाली सेनाले ऐतिह...

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने
काठमाडौँ - नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो । उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन् । अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ । सो प्रतियोगिताको पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् (यु...

ढुक्क भएर लगानी गर्नुहोस् – अध्यक्ष तिमिल्सिना

ढुक्क भएर लगानी गर्नुहोस् – अध्यक्ष तिमिल्सिना
पर्वत - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गर्नुभएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिका हासिल गर्न लगानी बढाउनुपर्छ भन्नुभयो । “ सबै लगानी राज्यले गर्ने होइन, उद्यमीले पनि आफूसँग जे छ यसलाई बैंकमा धितो राखेर पैसा निकाल्नुप...

हिमालयन चितुवा अविरलले जापानमा जिते उपाधि

हिमालयन चितुवा अविरलले  जापानमा जिते उपाधि
काठमाडौँ - युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गर्नुभएको छ । जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उहाँले सो उपाधि हात पार्नुभयो । काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्जुधारामा स्थायी घर भएका २१ वर्षीय उहाँ हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् । उ...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ
दमौली - लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–६ बस्ने २७ वर्षीय बमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विकलाई व्यास नगरपालिका–३ दमौली बजारबाट बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो । पक्राउ परेका विकलाई जिल्ला अदालत पेश गरिएकोमा त...

क्रसर उद्योग सञ्चालनमा रोक

क्रसर उद्योग  सञ्चालनमा रोक
महोत्तर - क्रसर उद्योगले अवैध उत्खनन् बढाएको गुनासो बढेपछि उद्योग सञ्चालनमा रोक लगाइने भएको छ । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय बुधबार गरेको छ । उद्योगले गत आर्थिक वर्ष २०७५⁄७६ को भण्डार (स्टक) विवरण उपलब्ध नगराएको हुँदा हाललाई सबै उद्योग बन्द गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक सुर...

सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित

सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित
डोटी - दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ । उहाँका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एकछोरा सशस्त्रप्रहरी बलमा कार्यरत रहेका छन् । गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गर्नु भएको थियो । छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको प्रेमराज जैशीले बत...

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या
चितवन- भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चौध जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । विसं २०७४ भदौ १ गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको थियो । प्रथम सेवा बिन्दुको रुपमा अस्पतालले बीमाका बिरामीलाई सेवा दिँदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य बीमा लागू भएपछि पुसमसान्तसम्ममा ५३ हजार ४३८ बिरामीले बी...

अमेरिकी सीमातर्फ हिँडेका २,००० बढी व्यक्ति मेक्सिकोमा पक्राउ

अमेरिकी सीमातर्फ हिँडेका २,००० बढी व्यक्ति मेक्सिकोमा पक्राउ
अमेरिकी सीमातर्फ हिँडेका २,००० बढी व्यक्ति मेक्सिकोमा पक्राउ मेक्सिको सिटी, ९ माघ (रासस/एएफपी) – मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २,००० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ । नेशनल इन्स्टिच्युट अफ माइग्रेस...